कैलाली । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्लाको भीमदत्त नगरपालिका-१८ खैरभट्टी जाने बाटोस्थित टहरामा तासखेलीरहेको गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।
उनीहरुबाट नगद रु.२० हजार ९३५ र २ गड्डी तास बरामद गर्नुका साथै सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।















