काठमाडौं। नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा.मदन परियारलाई सिफारिस गरेकी थिईन् ।
प्रधानमन्त्री कार्कीले मन्त्री नियुक्तिको लागि ५ जनाको नाम पठाएको भए पनि डा संगीता कौशल मिश्रालाई भने मन्त्री नियुक्ति गरिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा मिश्राले अतिरिक्त सचिवको पदबाट राजीनामा दिएर मन्त्री बन्ने तयारी गरेकी थिईन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डा मिश्राविरूद्ध छानबिन गरिरहेको थाहा पाएपछि प्रधानमन्त्री कार्कीले नियुक्ति अगाडि नबढाएकी हुन् ।
प्रधानमन्त्री कार्कीले यसअघि ऊर्जा तथा जलस्रोत मन्त्रीमा कुलमान घिसिङ,अर्थमन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई नियुक्त गरिसकेकी छन् ।













