धनगढी । कैलालीमा बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । बिहीबार जिल्लाको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ११ वर्षीया सुमित्रा रानाको शव शुक्रबार दिउँसो मोहना नदीमा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार रानाको शव नदीमा डुबेको अवस्थामा भेटिएको हो ।
प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















