कैलाली । धनगढीमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रान्जल बम रहेका छन् । धनगढी १३ र गोदावरीको सिमाना नजिक धनगढी १ शिवनगर बस्ने बर्ष २४ को प्रान्जल बमले चलाएको सु.प.प्र.०१-०११ प ४४७३ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई पल्टिदा चालक गम्भिर घाईते भई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । । स्कुटी पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २६ को सरोज बम घाईते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।













