कैलाली । नेपालीहरुको महान पर्व दशैंको अवधिमा सुदूरपश्चिम प्रदेशमा ४९ सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
सुदुरपश्चिम प्रदेशका ५ जिल्लामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु हुनाको साथै १२२ जना घाईते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सुचना अधिकारी एवं डिएसपी टेकबहादुर जोराले निशाना न्युजलाई जानकारी दिए ।
कैलालीमा २१ सवारी साधन दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनाको साथै ५४ जना मानिस घाईते भएका छन् । कंञ्चनपुरमा २१ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३७ जना मानिस घाईते भएको उनले बताए ।
डडेल्धुरामा १ सवारी साधन दुर्घटना हुँदा ७ जना घाइैते भएका छन् भने बैतडीमा ५ सवारी साधन दुर्घटना हुँदा १ जनाको मृत्यु हुनाको साथै १४ जना मानिस घाईते भएका छन् ।
दार्चुलामा १ सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु र १० जना मानिस घाईते भएको उनले बताए । सुदुरपश्चिमका ९ वटै जिल्लामा दशै अबधिमा मापासे सेवन गरि चलाएको , तिब्रगति,ओभरलोड,सिटवेल्ट प्रयोग नगरिएका र क्षमता वढी बोकेका सवारी साधनलाई कारबाही गरिदा ८ लाख ७३ हजार रुपैया राजश्व संकलन भएको उनको भनाई छ ।















