धनगढी । बझाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
सोमबार जिल्लाको जयपृथ्वी नगरपालिका-३ पानकोटमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१२ घर भएका विद्युत सम्बन्धी काम गर्ने २० वर्षीय अनिल रानाको करेन्ट लागेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
राना विद्युतको मेन लाइनको पोलमा काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागि घाइते भइ उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।















