धनगढी । कञ्चनपुरमा १० जना जुवातास खेलाडी पक्राउ परेका छन ।
मंगलबार जिल्लाको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर स्थित सोही ठाउँ बस्ने ४४ वर्षीय वीरबहादुर बिष्टले संचालन गरेको किराना पसलमा जुवातास खेलीरहेको अवस्थामा निज बिष्टसहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उनीहरुलाई नगद रु.६३ हजार ५ सय र ४ गड्डी ताससहित इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













