काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-१ रामनगरस्थित सडकमा बा.प्र.०१-००१ प १६८४ नम्बरको बसले ग.२० प ८५५९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक गोरखा घर भएका ४० वर्षीय दामोदर घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा
गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्की, पोखरा महानगरपालिका-६ लेकसाईडस्थित सडकमा ग.२ च ७१२१ नम्बरको कारको ठक्करबाट पैदलयात्री स्याङ्जा आँधिखोला गाउँपालिका-३ बस्ने २८ वर्षीय मिलन क्षेत्रीको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बुढीगंगा गाउँपालिका-२ स्थित सडकमा बा.४१ प ३२६४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















