धनगढी । दार्चुलामा साईकलबाट लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको महाकाली नगरपालिका-५ रिङ्ने तालस्थित सोही ठाँउ बस्ने २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार डोबाल साईकल चलाउँदै बाङ्गाबगर जाने क्रममा एक्कासी सडकको भित्तामा ठोक्किएर टाउकोमा गम्भीर चोट लागेको थियो।
घाइते भएका डोबालको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।















