धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन गराउन स्थानीय तहलाइ अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी सूचनामा भनिएको छ ‘जिल्लामा स्थानीय रैथाने बाली प्रवद्र्धन तथा संरक्षण गर्न र स्थानीय कृषकहरूलाई सहयोग समेत पुरÞ्याउने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ साउन २६ गतेको निर्णय अनुसार धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हुँदा सम्पूर्ण कृषक दाजुभाइ, दिदीबहिनी, तथा सम्बन्धित सरोकारवाला एवं धान चामलका उद्योगी व्यापारीहरूमा आवश्यक सहयोग र जानकारीको लागि अनुरोध छ ।’
सूचनामा भनिएको छ ‘नेपाल सरकारको निर्णयलाई आ–आफ्नो क्षेत्रभित्र कार्यान्वयन गर्न र गराउनु हुन कैलाली जिल्लाका सबै स्थानीय तहको कार्यपालिकाको कार्यालयलाई विशेष अनुरोध गरिन्छ ।’
सरकारले साउन २६ गते मोटा धानको न्यूनतम समर्थन मूल्य ३ हजार ४ सय ६३ रुपैयाँ ८१ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकेको थियो ।















