धनगढी । कैलालीमा प्रहरीले पटाका बरामद गरेको छ ।
मंगलबार जिल्लाको टीकापुर नगरपालिका-७ सत्तिबाट अन्दाजी रु.९ हजार बराबरको विभिन्न किसिमका पटाकाहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त पटाका ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिशे अवस्थामा फेला पारी बरामद गरेको जनाइएको छ ।
सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।















