धनगढी । कैलालीमा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
जिल्लाको भजनी नगरपालिका–४ की ४५ वर्षीय फूलबसनी चौधरीको कारको ठक्करबाट मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
भजनी नगरपालिका–४ खैलाडमा बिहीबार दिउँसो बा १७ च ५९६ नम्बरको कारले पैदल यात्री ४५ वर्षीय फूलबसनी चौधरी र ५० वर्षीया आसिया चौधरीलाई ठक्कर दिएको थियो।
कारको ठक्करबाट गम्भीर घाइते भएकी फूलबसनीको बिहीबार साँझ सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का घाइते असियाको उपचार जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले कार र कारका चालक लम्कीचुहा नगरपालिका-२ बस्ने २९ वर्षीय सुनिल डाँगीलाई नियन्त्रणमा लिएको तथा प्रहरीले घटनाको बिषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।















