धनगढी । कैलालीमा एकजना मृत अवस्थामा फेला परेका छन ।
जिल्लाको लम्कीचुहा नगरपालिका-२ बलिया बस्ने ४८ वर्षीय मानबहादुर बुढा मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
बुढा शुक्रबार मोहन्याल गाउँपालिका-७ पितमारी स्थित कर्णाली नदी किनारमा माछा मार्ने जालमा पानीमा घोप्टो अवस्थामा अड्किएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।















