धनगढी । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाको महाकाली नगरपालिका-४ बांगाबगर बस्ने ७० वर्षीय मिलन लुहारको मृत्यु भएको हो ।
आइतबार जिल्लाको महाकाली नगरपालिका-४ बांगाबगर स्थित ब्यास गाउँपालिका-३ सिना बस्ने ३८ वर्षीय कल्याणसिंह धामीले चलाएको सु.प.प्र ०४-०१ ज ००१७ नम्बरको बोलेरो जिपले ब्याक गर्ने क्रममा लुहारलाई ठक्कर दिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जिपको ठक्करबाट घाइते भएका लुहारको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहेको जनाएको छ ।















