धनगढी । बैतडीको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन स्थानीय सार्वजनिक बिदा दिएको छ।
शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा चार दिन बिदा दिएको हो ।
गाउँपालिकाका अध्यक्षस्तरीय निर्णयले यही कात्तिक ११ र १२ तथा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा दिने भएको हो। शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु पुग्ने गर्दछन्।















