धनगढी । कञ्चनपुरमा रु.४ लाख ६९ हजार ७५५ बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका-३ नौलाखेत, वडा नं ४ ओपेरा होटल नजिक, वडा नं ११ भुजेला र दोधारा चाँदनी नगरपालिका-७ कञ्चभोजबाट उक्त मूल्यका सामान बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सो मूल्यका पेय पदार्थ, खाने तेल, गुड, साबुन, मिठाई, चक्लेट, बिस्कुट, खेलौना, बिभिन्न किसिमका तरकारी, कष्मेटिक, इलेक्ट्रोनिक, हाडबेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।













