काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७ सय रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ । यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।















