धनगढी । कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १ लाख ८ हजार ६८० बराबर भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त मूल्यका जुत्ता, विभिन्न किसिमका कपडा लगायतका सामान इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।













