• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज २५, २०८३
☰
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • २. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • ३. धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

  • ४. रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५ देखि कार्यक्रम

  • ५. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६. गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

  • ७. धनगढीमा जेई खोप अभियान: ६३ हजार १५८ जनाले लगाए खोप

  • ८. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ९. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • १०. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

समयमा लोक सेवाको परीक्षा नहुँदा अस्थायी कर्मचारी अन्योलमा

  •   शुक्रबार, कार्तिक २१, २०८२ मा प्रकाशित

कैलाली । समयमा लोकसेवा आयोगको परीक्षा नहुनुले सुदूरपश्चिमका अस्थायी कर्मचारी अन्योलमा पर्न थालेका छन् ।
लोकसेवा परीक्षामा सम्मिलित हुने उम्मेरहद ३५ बर्षको हुने र समयमा लोकसेवाको परीक्षा नहुनुले सो उम्मेरहदका कारण अस्थायी कर्मचारी अन्योलमा पर्न थालेका हुन् ।

गुनासा समस्या भएपनि आयोगमा कहिले मुद्धा पर्ने ऐन कानुनका झन्झटिलाका कारणले समयमा परीक्षा हुन नसकेको सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका सचिव ओमबहादुर खड्काले निशाना न्युजलाई जानकारी दिए ।

‘परीक्षामा स्वच्छता,निश्पक्षता हुनु प¥यो,यो जटिल काम पनि हो’ उनले भने ‘सुधार गर्दै गइरहेका र्छौँ र समयमा परिक्षा लिने प्रयासमा छौँ ।’ चासो र चिन्ता प्रदेश सरकारले लिनु पर्ने उनले बताए ।

‘प्रदेश सरकारले प्रत्येक कार्यालयको विवरण हामी कहाँ पठाउने हो । सोही आधारमा प्रक्रिया अघि बढाउनु पर्ने हुन्छ’ उनले भने ‘यस्का लागि प्रदेश सरकारले गृहकार्य गर्नुपर्ने पर्ने हुन्छ ।’

सुदूरपश्चिम प्रदेशमा २६९० अस्थायी, कर्मचारी रहेकोमा १४०० को दरबन्दी पूर्ति भएको र अन्य ९ सय हुन बाँकी रहेको मुख्यमन्त्री कार्यालय कैलालीका उपसचिव जगदीश जोशीले जानकारी दिए ।

प्रदेश लोक सेवा आयोगका उपसचिव हिरालाल चौधरीले आर्थिक बर्ष २०८१/०८२ लागि ६०३ जनाको लागि विज्ञापन भएको बताए । त्यसमध्ये नवौं तहको लागि १५९ जना,आठौँ तहको लागि ३० र सातौँ तहको लागि ३०४ जनाको बिज्ञापन भएको उनले बताए ।

त्यस्तै पाँचौं तहका ११० जनाको बिज्ञापन भएको उनले बताए । नवौं तहको लेखातर्फको करिव परिक्षा भइसकेको र उम्मेदवारको सिफारिस पनि भएको उनले बताए । प्रशासनको परीक्षाको मिति तोकिएको र परीक्षा हुन बाँकी रहेको उनले बताए ।

त्यसैगरी इन्जिनियरिङको हुन वाँकी रहेको, कृषितर्फको परीक्षा सम्पन्न भएको तथा रिजल्ट प्रकाशन हुन बाँकी रहेको उनले बताए । स्वास्थ्य तर्फको नवौँ तहको परीक्षा सम्पन्न भइसकेको र नतिजा प्रकाशन हुन बाँकी रहेको उनले बताए । आठौं तहको डक्टरको परीक्षा भएको र नतिजा प्रकाशन हुन बाँकी रहेको छ । बाँकी योजना तथ्याङ्क ईन्जिनियरिङको नतिजा प्रकाशन हुन बाँकी,अन्य सेवा समुहको परीक्षा भइरहेको र पाँचौँ तहको पनि बिज्ञापन गर्ने तयारी आयोगले गरिरहेको उनले बताए । प्रदेश सरकारले ओएनएम गरी प्रत्येक संघसंस्था कार्यालयको विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएर छिटो परीक्षा हुनु पर्ने माग अस्थायी  कर्मचारीको रहेको छ । यदी त्यसो नभए आफूहरुको शारिरीक मानसिक चारित्रिक विकास नहुने र सेवा सुविधाबाट बन्चित हुने उनीहरुको भनाइ छ ।

दरबन्दी बाहेकका करार कर्मचारी नहटाउँदा आर्थिक भार थपिनुका साथै कार्यालय प्रमुख र लेखाका कर्मचारी समस्यामा पर्दै

संघीय सरकार र अर्थ मन्त्रालयको दरबन्दी बाहेकका करार कर्मचारी हटाउन मातहतका मन्त्रालय र कार्यालयमा पत्राचार गरेको सुदूरपश्चिम सरकारले अहिलेसम्म दरबन्दी बाहेक भर्ना गरिएका कर्मचारी नहटाएपछि समस्या सिर्जना भएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयले असोज २३ गते चलानी नम्बर ५८३ को परिपत्र मार्फत संघीय सरकारको निर्णय र संघीय अर्थ मन्त्रालयको परिपत्र कार्यान्वयन गर्न पत्राचार गरेको थियो । तर, मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको छुट्टै स्वायत्तता भएकोले संघको निर्णय मान्न बाध्य नभएको सञ्चार माध्यममा प्रतिक्रिया दिँदै आएका छन् ।

मुख्यमन्त्री शाहले संघीय सरकारको परिपत्र आएको भएपनि प्रदेश सरकारले कर्मचारी नहटाइने बताए । संघीय सरकारको निर्णय र आफैंले दिएको निर्देशन, प्रदेश सरकारले कार्यान्वयन नगरेपछि त्यसको भार सम्बन्धित कार्यालय प्रमुख र लेखाका कर्मचारी परेको गुनासो छ । साथै आर्थिक भार पनि थपिदै गएको छ ।

सुदूरपश्चिम सरकारले आफैंले तयार गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनको बुँदा नम्बर ५४ मा कार्यालय सहयोगी र सवारी चालकको पदमा बाहेक अस्थायी, ज्यालादारी वा करारमा थप आर्थिक दायित्व पर्ने गरी नयाँ नियुक्ति नगर्ने, कार्यक्रम खर्च शीर्षकबाट खर्च गर्ने गरी करारमा कर्मचारी नराख्न निर्देशन दिएको छ ।

तर सुदूरपश्चिम सरकारका सबैजसो कार्यालयमा दरबन्दी बाहेकका अस्थायी र करार कर्मचारी भर्ना गरिएका छन् । मुख्यमन्त्री शाहले स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारीको यथार्थ विवरण तयार गर्न भर्खरै निर्देशन दिएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारसँग अहिलेसम्म मन्त्रालय र मातहतका कार्यालयमा कार्यरत कर्मचारीको यकिन तथ्याङ्क नै छैन । २०७५ मा सुदूरपश्चिम सरकार अन्तर्गत दुई हजार ३०४ दरबन्दी समायोजन भएका थिए ।

 

शुक्रबार, कार्तिक २१, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ
रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने
धनगढीबाट २६ लाख बढीको भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ

समाचार

सबै

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छ : प्रदेश प्रमुख मियाँ

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • २.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • ३.
    धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि

  • ४.
    रामलीलामार्फत संस्कृति जोगाउने प्रयास, जुगेडामा असोज २५

  • ५.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ६.
    गौशालाको व्यवस्थापन सहज बनाउन धनगढीले दियो ट्र्याक्टर

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.