धनगढी । कञ्चनपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शुक्रबार भएको दुर्घटनामा बेदकोट नगरपालिका–७ सुडा बस्ने ३१ वर्षीय शिव राना मृत्यु भएको सुदूरपश्चि प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीका अनुसार बेदकोट नगरपालिका–८ भित्रि सडक खण्डमा भारत विहार बस्ने २३ वर्षीय औधेषकुमार महत्तोले चलाएको अनटेस्ट मसला बनाउने आर्गो मिक्चर मेसिन र रानाले चलाएको म २ प ८४०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा राना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते रानालाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ३० वर्षीय भीम राना घाइते भइ सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मिक्चर मेसिन चालक र मिक्चर मेशिन प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाइएको छ ।















