धनगढी- प्रतिनिधि सभामा डडेल्धुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति फेला परेको छ ।
नागरिकतामा २००३ जेठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ जेठ ३१ गते रहेको पाइएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।
मल्ल अघिल्लो पटक नेपाली कांग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । अहिले बिपी कांग्रेसबाट कर्ण मल्ल देउवा विरुद्ध चुनावी मैदानमा उत्रिएका छन् ।
















