धनगढी- नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लक्ष्मण थारुको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।
चौधरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर्याई सजाय गरी निज फरार रहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का रामबहादुर सिंहले चौधरीविरुद्ध सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा उजुरी दिएका छन्।
सिंहले मनोनयन दर्ता खारिजको माग समेत गरेका छन्।















