धनगढी । नेपाली कम्युनिष्ट् पार्टीका नेता डा. भिम रावलले बनस्पती खानीज उर्जा प्रयोग गरेर देशलाई समृद्धिको बाटोमा लिन आवश्यक रहेको बताएका छन् ।
आज अत्तरियामा नेपाली कम्युनिष्ट् पार्टीको नगर एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । २०४६ साल देखि यता परिवर्तनको नाममा देशमा लगातार एकपछि अर्को नचाहिदो परिवर्तनको प्रयोग र गलत तत्वको प्रयोगशाला बनिरहेका कारण देशमा विकास हुन नसकेको उनले बताए ।
सो क्रममा उनले भने अव त्यस्तो हुन नदिन नेपाली कम्युनिष्ट पार्टीले देशलाई विकसित राष्ट्को दाजोमा पुगााउन आफनै माटोमा उत्पादन र वनस्पती खानीज उर्जा प्रयोग गररे उद्योग संचालन गर्ने निति लिएर अघि बढ्ने छ ।
हामी एक भएका छौ उनले भने जनविरोधी कामको बिरोध र फलफुल,तरकारी खाद्यवाली उत्पादन गरेर कृषि क्षेत्रमा आमुल परिवर्तनका कार्यक्रम ल्याउने लक्ष्य नेपाली कम्युनिष्ट पार्टीकोे रहेको छ ।
उनले शिक्षामा आमुल परिवर्तन ल्याएर बिधार्थीलाई विदेश अध्ययन गर्न जान रोक्ने लक्ष्य पनि नेपाली कम्युनिष्ट्र पार्टीको रहेको बताए । सिमा नाकाको रक्षा गर्नु र जनताको सुरक्षा गर्नु सरकारको दायित्व रहेको उनले बताए ।













