कैलाली- भारतको उत्तर प्रदेशको अयोध्याबाट साधुसन्तहरुको समुह सहित असोज ५ गते शुरु भएको “रामराज्य रथ यात्रा” आज (शनिवार) टिकापुर पुगेको छ । असोज २३ गते जनकपुरबाट नेपाल प्रबेश गरेको”रामराज्य रथ यात्रा” जनकपुर, हेटौडा, नारायणघाट, काठमाडौ, पोखरा, बुटवल, नेपालगन्ज हुँदै आज टिकापुर पुगेको हो ।
नेपाल- भारत संयुक्त बिश्वहिन्दु परिषद को आयोजनामा शुरु गरिएको “रामराज्य रथ यात्रा” १५ हजार किलोमीटर यात्रा पारगरि महेन्द्रनगरको गड्डाचौकी हुँदै पुनस् अयोध्या पुगेर समापन गरिने नेपाल तर्फाका संयुक्त सचिव राजेशमणि त्रिपाठीले बताए । उनले कन्याकुमारी, कश्मिर हुँदै “रामराज्य रथ यात्रा” पुन : अयोध्या पुगेर समापन गरिने बताए ।
रामको जन्मभुमिको पहिचान, हिन्दु धर्मको रक्षा, रामले विवाह गरेको नेपालको जनकपुर क्षेत्रको प्रचारप्रसार गर्नुका साथै धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले “रामराज्य रथ यात्रा” शुरु गरिएको बताए । भारतको बेंगलोर स्थित श्री शक्ति संतानन्द महर्शी गुरुको नेतृवमा विश्वहिन्दु परिषदले आयोजना गरेको उक्त “रामराज्य रथ यात्रा” पुन: अयोध्या पुगेर विशाल जनसमुदायको उपस्थितिमा समापन गरिने संयुक्त सचिव त्रिपाठीले बताए ।















