काठमाडौं । सप्तरी, राजबिराज नगरपालिका(१३ पिपराहीस्थित सडकमा कुनौलीबाट राजबिराजतर्फ जाँदै गरेको प्र.१-०४-००२ प ६३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुदाँ चालक सोही नगरपालिका-१३ भेलही टोल बस्ने १८ वर्षीय रोसन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो ।
रौतहट, दुर्गा भगवती गाउँपालिका-४ कछुवापुलस्थित सडकमा बीआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत सिउहर थाना पिपडारी ग्राम मोहनपुर-६ बस्ने २८ वर्षीय मिन्टु पासवानको मृत्यु भएको
छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















