• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

यस्ता छन् सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री भट्टका प्रतिवद्धता

  •   बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

डोटी । डोटीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले आफू निर्वाचित भएपछि कैलालीको खुटियादेखि डोटीको दिपायल हुँदै बझाङमा चीनसँगको उरै भञ्ज्याङ नाका जोड्ने ‘फास्ट ट्रयाक’ निर्माणलाई अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्दै भट्टले संघीय सरकारअन्तर्गत रहेको यो योजना कार्यान्वयनका लागि जनप्रतिनिधिका रुपमा आफूले पहल गर्ने उल्लेख गरे । उनले आफू मुख्यमन्त्री हुँदा प्रदेश मन्त्रिपरिषद बैठकले निर्णय गरेरै यो सडकलाई भारत र चीनको सीमाना जोड्ने त्रिदेशीय सडकको रुपमा विकास गर्न संघीय सरकारलाई आग्रह गरेको बताए ।

‘पहिले खुटिया–दिपायल फास्ट ट्रयाक भनेर सुरुवात गरिएको हो । म मुख्यमन्त्री हुँदा प्रदेश सरकारकै आग्रहमा संघीय सरकारले खुटिया–दीपायल हुँदै बझाङमा चीनसँगको उरै नाकासम्म जोड्ने गरी यो सडकको नामाकरण गर्दै अगाडि बढाउने निर्णय गरेको थियो’ भट्टले भने, ‘हामीले नै पहल गरेर ट्रयाक खोल्ने काम पूरा भएको हो ।’ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर गएपछि यो सडकलाई अगाडि बढाउन आफूले सरकार र सदनमा आवाज उठाउने उनले बताए । सुदूरपश्चिमको विकासका लागि निकै महत्वपूर्ण रहेको खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक डोटी र कैलालीमा केही खण्ड कालोपत्रे भए पनि निर्माण कार्यले गति लिन सकेको छैन ।

सहजपुर–बोगटान–दिपायल सडक कालोपत्रे गर्ने योजनालाई पनि पूर्वमुख्यमन्त्री भट्टले आफ्नो चुनावी प्रतिवद्धतापत्रमा समावेश गरेका छन् । दर्जनौँ ग्रामीण क्षेत्रलाई यो सडक निर्माण कार्य पनि अहिले सुस्त छ । सहजपुरदेखि करिब ५० किलोमिटर संघीय सरकारले पिच गरिसकेको छ । भट्ट मुख्यमन्त्री हुँदा प्रदेश सरकारले यो सडकको डोटी खण्डलाई प्रदेश गौरवको आयोजनामा राखेको थियो ।

‘मेरै पालामा ठेक्का भएर केआइसिंहसम्म यो सडक कालोपत्रे भइसकेको छ । तर पछिल्ला प्रदेश सरकारले यसलाई निरन्तरता दिएनन्’ भट्टले भने, ‘मेरै पालामा सुरु भएको यो सडक निर्माण कार्यलाई पूरा गर्ने मेरा योजना छ ।’ दिपायलमा ५० सय्याको अस्पताल सञ्चालन, त्रिभुवन विश्वविद्यालय मातहत डोटीमा इन्जिनियरिङ्ग क्याम्पस सञ्चालन, केआइसिंह–शिखर–जोरायल तेलेमार्ग निर्माण, सहजपुर–जोरायल–मुडभरा द्रुत मार्ग निर्माण, वायल–अल्लेवन–घाट लाउने–कोलाखान–सात्फरी सडक स्तरोन्नति गर्ने योजना भट्टले आफ्नो प्रतिवद्धतापत्रमा समावेश गरेका छन् ।

आफू निर्वाचित भएर गएपछि पश्चिम सेती र एसआर सिक्स जलविद्युत आयोजना निर्माण कार्य अगाडि बढाउन सदनमार्फत सरकारलाई निरन्तर दवाव दिने प्रतिवद्धता उनले जनाए । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रको विकासका लागि खप्तड क्षेत्र विकास कोष स्थापनाको योजनालाई पनि उनले अघि सारेका छन् ।

आफू मुख्यमन्त्री भएका बेला डोटीमा धेरै योजनाहरु कार्यान्वयन भए पनि क्रमागत कतिपय योजना पछिल्ला सरकारले वास्ता नगर्दा अलपत्र अवस्थामा रहेको उनले बताए । आफ्नो कार्यकालमा डोटीमा मात्र करिब एक सय ३० किलोमिटर सडक कालोपत्रे भएको, अधिकांश विद्यालयका भवन निर्माण, ५० सय्याको अस्पताल भवन, जिल्ला अस्पतालदेखि प्रादेशिक अस्पतालको सेवा स्तरोन्नति गरेको उनले दावी गरे ।

आफू मुख्यमन्त्री हुँदा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माणका थुप्रै योजनाहरु डोटीमा कार्यान्वयन भएको दावी गर्दै उनले विगतका कामको मूल्याकंन गरेर मतदाताले आफूलाई निर्वाचित गराउँछन् भन्नेमा विश्वस्त रहेको बताए । त्यसबेला र अहिले डोटीमा आउने योजना र बजेटमा ठूलो अन्तर रहेको भट्टको दावी छ ।

‘पाँच वर्ष मुख्यमन्त्री हुँदा डोटीसहित सिंगो सुदूरपश्चिमको विकासका लागि इमान्दारितापूर्वक प्रयास गरेँ । पूर्वाधार विकाससँगै कानुन निर्माणलगायत क्षेत्रमा त्यसबेला र पछि भएका कामको तुलना नागरिकले गरेकै होलान्’ पूर्वमुख्यमन्त्री भट्टले भने, ‘मैले विगतमा आफू पदमा हुँदा इमान्दारितापूर्वक गरेको कामका आधारमा पनि यसपालि जनताले मलाइ निर्वाचित गराउँछन् भन्ने विश्वास लिएको छु ।’ नेकपाका उम्मेदवार भट्ट गत २०७९ को चुनावमा भने उम्मेदवार बनेनन् ।

बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.