धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । जिल्लाको भजनी नगरपालिका–५ स्थित हलौना घाटबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको हो।
बिहीबार इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको गस्ती टोलीले अन्दाजी मूल्य ५४ हजार २ सय बराबरका भाँडावर्तन तथा कस्मेटिक सामग्री बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाइएको छ ।

















