धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले आज धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित कालिका युवा क्लबका फुटबल खेलाडीसँग भेटघाट तथा छलफल गरेका छन।
उक्त कार्यक्रममा उनले स्थानीय खेलकुद क्षेत्रको अवस्था, खेलाडीहरूले भोगिरहेका समस्या तथा फुटबललगायत विभिन्न खेलको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, प्रशिक्षण व्यवस्था, प्रतियोगिता सञ्चालन र खेलाडी प्रोत्साहन सम्बन्धी विषयमा छलफल गरेका थिय ।
उनले आफू निर्वाचित भए पछि कैलालीमा खेल क्षेत्रको समग्र विकासका लागि आवश्यक बजेट विनियोजन, रंगशाला तथा खेलमैदानको स्तरोन्नति, युवा खेलाडीका लागि तालिम तथा अवसर सिर्जना गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी खेलाडीहरूले पनि आफ्ना सुझाव तथा अपेक्षा राखेका थिए।

















