डोटी । डोटीमा यात्रुवाहक जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार सोमबार दिउँसो जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सुपप्र ०३ ००१ च ००१४ नं को बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भिर घाइते भएकाहरुमा बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ बर्षीया जुनादेवी साउँद र १७ बर्षीया सिता साउँद रहेका छन् । उनीहरु दुवैको टाउको, खुट्टा र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै जीप चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ बर्षीय तीर्थ बोगटी र वडा नं ३ मेल्टाकी १९ बर्षीया शारदा साउँद घाइते भएका छन् । चालक बोगटीको टाउको र घाँटीमा चोट लागेको र शारदाको कम्मर, दुवै हात र वाँया खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि कैलालीस्थित मायामेट्रो अस्पताल पठाइएको छ ।
बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जीप अर्को गाडीलाई साईड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

















