• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ६ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

कैलालीका मतदाता भन्छन्, ‘अब आश्वासन होइन, विकास र रोजगारी चाहियो’

  •   सोमबार, फागुन ११, २०८२ मा प्रकाशित

धनगढी ११ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन निजिकिएसँगै गाउँबस्ती तथा सहरमा चुनावी सरगर्मी बढ्दै गएको छ । यतिबेला उम्मेदवारहरू आफ्ना चुनावी एजेन्डा तथा प्रतिबद्धतापत्र लिएर मतदाताका घरदैलो धाइरहेका छन् । दल तथा उम्मेदवारहरू विभिन्न माध्यमबाट मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।
उम्मेदवारहरूबाट पटकपटक आश्वासन मात्रै पाएका मतदाता भने यस पटकको निर्वाचनमा आश्वासन नभई विकास र रोजगारीको आधार खोजिरहेका छन् ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा ‘बी’ गाउँकी जाना रोकाया गाउँको विकास गर्ने आधार लिएर आउनेलाई मात्र मत दिने बताउँछिन् । विगतमा जस्तो चुनावका बेला जे पनि गरिदिन्छौँ भनेर आश्वासन दिने तर पछि पूरा नगर्ने र त्यसका लागि दबाब नदिने उम्मेदवारलाई मत नदिने उनको भनाइ छ ।
रोकायाले भनिन्, ‘हाम्रो गाउँको सबैभन्दा ठूलो समस्या खानेपानीको हो । कच्ची सडक हुनाले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुन्छ । चुनावको समयमा नेताहरूले यीलगायत समस्या समाधान गर्ने बाचा गर्छन्, विगतमा पनि यस्तै आश्वासन पाइन्थ्यो । समस्या यथावत छन्, त्यसैले यसपटक समाधानको आधार खोजी गरिरहेका छौँ ।’
सोही ठाउँकी विनमति थापाको पनि उस्तै गुनासो छ । उनले भनिन्,‘यहाँ हामीले सोचेअनुसार विकास भएन । रोजगारी नहुँदा छोराछोरी विदेशिनुपरेको छ । त्यसैले अब हामीलाई यी समस्या समाधान गर्ने नेता चाहिएको छ ।’
चुरे गाउँपालिका–४ जगातीकी बविता विकले गाउँका आधारभूत समस्या समाधान गर्ने नेतालाई जिताउनुपर्ने बताइन् । उनले गाउँमा खानेपानी, पुलपुलेसा, सडक, स्थानीय उत्पादन वृद्धि र बजारीकरणलगायत समस्या रहेकाले समाधानका लागि आफ्नो प्रतिनिधिले विश्वासयोग्य बाचा गर्नुपर्ने धारणा राखिन् ।
विकले भनिन्, ‘चुनावका बेला गाउँ, टोल, घरघरमा आएर नेताहरुले अनेक बाचा गर्छन्, चुनावपछि बिर्सिन्छन् । रोजगारी नहुँदा युवाहरू अर्काको देशमा सस्तोमा श्रम गर्न बाध्य छन् । हामीलाई विकाससँगै रोजगारी र हाम्रा कृषिउपजको उत्पादन वृद्धि तथा बजारीकरण गरी गरिखान सघाउने सरकार र प्रतिनिधि चाहिएको छ ।’
कैलाली क्षेत्र नं. ५ मा निर्णायक रहेका रानाथारू भन्छन्, हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पायौं
कैलालीको धनगढीमा रहेको रानाथारू बस्तीका मतदाताले हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पाएको गुनासो गरेका छन् । कैलालीको क्षेत्र नम्बर ५ मा रानाथारू समुदाय निर्णायक मानिन्छ । बस्तीमा विकासका लागि प्राथमिकता दिने उम्मेदवारलाई भोट दिने यो समुदायका मतदाताको भनाइ छ ।
बस्तीमा बाटोघाटो र कुलो निर्माण गर्ने भनेर नेताले आश्वासन दिँदै आएको उनीहरूको गुनासो छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर–७, ८, १०, ११ लगायतका वडामा रानाथारू बस्ती रहेको छ । गाउँमा बाटो, कुलोलगायत पूर्वाधारदेखि लिएर विभिन्न क्षेत्रमा समस्या रहेका छन् ।
गाउँमा भएको समस्या समाधान गर्ने भनेर दल र नेताले हरेक चुनावमा आफ्नो समुदायको भोट बटुल्दै आए पनि जितेर गएपछि समस्या समाधानतिर ध्यान नदिने गरेको सो समुदायका मानिसको गुनासो छ । धनगढी उपमहानगरपालिका–७, मनेहरागाउँका विवेक रानाले भने , ‘नेताले आएर यो गर्ने, त्यो गर्ने भनेर भोट माग्छन् तर जितेर गएपछि भनेको काम गर्दैनन् । खाली झुटो आश्वासन मात्रै दिने गरेका छन् ।’ उनले आफ्नो गाउँमा कुलो र सडकको समस्या रहेको उल्लेख गरे । गाउँको मुख्य सडक अहिलेसम्म बन्न नसकेको रानाको गुनासो छ ।
मनेहरा–भुइँयाघाट जोड्ने सडक धेरै ठाउँमा बिग्रिएको छ ।

सोही सडकको मनेहरागाउँ खण्डमा राम्रो बाटो छैन । कालोपत्रे सडक निर्माण गर्नका लागि बजेट उपलब्ध गराउने आश्वासन दिएर नेताले विगतको चुनावमा भोट मागे पनि जितेर गएपछि बिर्सेको स्थानीय चमरु रानाले गुनासो गरे । उनले भने, ‘बजेट उपलब्ध गराउने भनेका थिए, तर अहिलेसम्म सडक निर्र्माणका लागि बजेट आएन । बजेट नभएर सडक बनेको छैन ।’
सडक निर्माणका लागि डिपिआर भए पनि काम नभएको स्थानीयको गुनासो छ । यसै गरी भुइँयाघाट–धनगढीगाउँ जोड्ने कृषि सडक पनि बेहाल अवस्थामा छ । २०७४ सालको निर्वाचनदेखि चुनावी मुद्दा बन्दै आएको यो सडक बिग्रेको कैयौँ वर्ष भइसकेको छ । नेताले सडक बनाउने भनेर भोट मागे पनि काम नभएको मनहेराकै वीरमति रानाले गुनासो गरे ।

 

  • विकास र रोजगारी चाहियो’
सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ६ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • १ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.