• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
☰
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ७ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई न्याय र दोषीलाई कारबाही माग

  • ६. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ७. धनगढीमा जेई खोप अभियान: ६४ हजार २९८ जनाले लगाए खाेप

  • ८. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ९. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • १०. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

कैलाली-५ मा प्रेम आलेको चुनावी अभियान तीव्र, पार्टी प्रवेश गर्नेको लर्को

  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित

कैलाली । प्रेमबहादुर आलेले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिएका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका आलेले आज धनगढी उपमहानगरपालिका–२ मा व्यापक घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका।

बिहानैदेखि सुरु भएको घरदैलो अभियानमा स्थानीय टोलटोलमा पुगेर उम्मेदवार आलेले मतदातासँग प्रत्यक्ष संवाद गरे ।

उनले आगामी निर्वाचनमा विजयी भए पश्चात् कैलाली–५ का जनताको शिर ननिहुरिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“म निर्वाचित भएपछि यहाँका जनताको शिर ननिहुरिने गरी काम गर्नेछु। प्रत्येक महिनामा यहाँका सबै २१ वटै वडामा पुगेर जनताको समस्या बुझ्ने र समाधानका लागि पहल गर्नेछु,” उनले भने ।

अभियानका क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी, ढल निकास, खानेपानी तथा पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्ने बताए ।

यश क्षेत्रभित्र देखिएका दीर्घकालीन समस्या समाधानका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी काम गर्ने उनको भनाइ थियो।

युवालाई स्वरोजगारमुखी बनाउन विशेष कार्यक्रम ल्याइने, सामुदायिक विद्यालयको गुणस्तर सुधार गरिने तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिने प्रतिबद्धता उनले जनाए।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। मतदाताहरूले खानेपानीको समस्या, सडक स्तरोन्नति, बेरोजगारी, कृषि उत्पादनको बजारीकरण, बाढी नियन्त्रणलगायत विषयमा आफ्ना गुनासा राखेका थिए।

उम्मेदवार आलेले ती सबै विषयलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा समाधान गर्ने आश्वासन दिए।

यसैबीच, वडा नम्बर २ मा आज करिब १०० जना युवा तथा महिलाले नेकपामा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई उम्मेदवार आले तथा पार्टीका नेता ओम पुनले खादा तथा माला लगाएर स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरूले क्षेत्रको विकास र स्थायित्वका लागि आफूहरू नेकपामा आबद्ध भएको बताएका थिए।

चुनावी अभियानका क्रममा आयोजित कोणसभामा बोल्दै नेताहरूले कैलाली–५ लाई विकासको नमुना क्षेत्र बनाउने लक्ष्य रहेको बताएका छन ।

उनीहरूले विगतमा अधुरा रहेका योजनाहरूलाई पूर्णता दिने, कृषि तथा पर्यटन क्षेत्रको सम्भावनालाई उजागर गर्ने तथा युवालाई विदेश पलायन हुन नपर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएका छन्।

हाल कैलाली–५ मा चुनावी माहोल तातेको छ। विभिन्न दलका उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर मतदातामाझ पुगिरहेका छन्।

यसैबीच, प्रेमबहादुर आलेको सक्रिय घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमले यस क्षेत्रको चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

स्थानीयवासीहरूले यसपटक विकासमुखी र जनउत्तरदायी नेतृत्व चयन गर्ने बताएका छन्।

आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन
नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
लागूऔषधसहित दुई जना पक्राउ

समाचार

सबै

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

धनगढीमा चाङ्गनको नयाँ शोरूम सञ्चालन

नेकपा नेता बाेहराले गरे पार्टी परित्यागकाे घाेषणा

शुक्लाफाँटामा जङ्गल सफारी खुला

काठमाडौँबाट धनगढी आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

विशेष

सबै
सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • ७ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • १ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    भैरव विद्यालयमा जातीय विभेद घटना : पीडितलाई

  • ६.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.