• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शुक्रबार, साउन १५, २०८३
☰
शुक्रबार, साउन १५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ४. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना सम्पन्न, सडकदेखि स्वास्थ्यसम्म उल्लेख्य प्रगति

  • ७. सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

  • ८. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

कैलाली क्षेत्र नम्बर ५ मा लोकतान्त्रिक–बाम गठबन्धन दलको घोषणापत्र, यस्ता छन् २२ प्रतिबद्धता

  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित

धनगढी- कैलाली क्षेत्र नम्बर ५ लोकतान्त्रिक– बाम गठबन्धन दलका उम्मेदवारहरुको घोषणापत्र तयार भएको छ । सार्वजनिक गर्ने तयारीमा रहेको घोषणा पत्रमा २२ वटा प्रतिबद्धता समेटिएका छन् ।

घोषणा पत्रमा बाम गठबन्धन दलका उम्मेदवारले पाँच वर्षसम्म क्षेत्र नम्बर ५ लाई आर्थिक, शैक्षिक, स्वास्थ्य तथा पर्यटन र खेलकुद केन्द्रका रुपमा विकास गर्न दीर्घकालीन र व्यवस्थित योजना निर्माण गरी तीनै तहका सरकारहरूसंगको अर्थपूर्ण समन्वय तथा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

अव्यवस्थित शहरीकरण तथा बसोबासका साथै डुबान, अतिक्रमण र नदीकटानलाई दीर्घकालीन योजनामार्फत यस क्षेत्रको योजनावद्ध विकासका लागि कटिवद्ध रहने वनाएका हुन् । क्षेत्र नम्बर ५ लाई हरित शहरका रुपमा विकास गर्न र वनजंगलको दीर्घकालीन व्यवस्थापन गर्दै वनलाई यस क्षेत्रका जनताको आर्थिक समृद्धिको आधार बनाउने गरी नीति र कार्यक्रम लागू गरिने उल्लेख छ । जग्गाबिहीन दलित, सुकुम्बासी, मुक्तकमैया तथा अव्यवस्थित बसोबासीलाई एक वर्षभित्र जग्गाधनी पुर्जा उपलब्ध गराउन अठोट लिइएको छ ।

धनगढी उपमहानगरपालिकाका वडा २, ३, ९, १३, १४, १८ र १९ हुँदै बग्ने मोहना नदी, वडा नम्बर १६, १७, ७ र १४ हुँदै बग्ने खुटिया नदी, वडा नम्बर १७ र १६ भएर बग्ने शिवगंगा नदी र कैलारी गाउँपालिका वडा ६ र ९ मा देविगंजदेखि घुराही नदी हँुदै वडा ६ भगतपुरसम्म आगामी पाँच वर्षभित्र तटबन्ध निर्माण गरिने बताएका छन् ।

उर्मा र फूलबारी तथा कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ को केन्द्रमा आगामी तीन वर्षभित्र २५ सैयाको सुविधासम्पन्न अस्पताल निर्माण गर्न बाम गठबन्धनको मुख्य प्राथमिकता रहेको छ ।

नेतुवा ताल, बेहडाबाबा, जाखौरताल, शिवपुरीधाम, कनरी पार्क, धुधुवा ताल र कोइलहीताललाई समेटेर एकीकृत बृहत्तर पर्यटन गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने बताएका छन् । रिङरोड तथा हुलाकी सडक र सहरी सघन सडकहरूको निर्माण पुरा गर्ने बताएका हुन् ।

धनगढी उपमहानगरपालिका–३ मा प्रस्तावित अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक टर्मिनलसहितकोे बसपार्क निर्माण र वडा १९ मा बहुउद्देश्यीय कभर्डहल निर्माण हाम्रो प्राथमिकता दिने भएको छ ।

यस्तै कृषियोग्य जमिनको खण्डिकरण हुन नदिने नीतिसहित आवश्यकता अनुसार कृषि तथा पशुपालन पकेट क्षेत्र विस्तारमा हाम्रो जोड दिइने, वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापनाका लागि ठोस पहल गरिने, युवाहरूलाई रोजगारीमा जोड्न संघीय तथा प्रदेश सरकारका साथै स्थानीय सरकारसंग समन्वय गरिने, दलित अल्पसंख्यक, विपन्न समुदायको आर्थिक सुधारका लागि ठोस नीति र कार्यक्रम बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाइएको छ ।

यसैगरि धनगढी उपमहानगरपालिका वडा नम्बर २ को फोहरमैला प्रशोधन केन्द्र, वडा ७ को प्रस्तावित ल्याण्डफिल साइटको डीपीआर अनुसारको कार्य अगाडि बढाउने र वडा १४, १८ र १९ ल्याण्डपुलिङ योजना लागू गरिनेलगायतका बुँदाहरु समेटिएका छन् ।

यस्तो छ घोषणापत्र
आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा युवा साथीहरू
कैलाली क्षेत्र नम्बर ५ यो प्रदेशकै राजनीतिक तथा आर्थिक केन्द्र हो । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीसहितको यो क्षेत्रलाई तपाईंहरू सबैको साथ, समर्थन र सहयोगबाट समुन्नत र नमुना क्षेत्रका रुपमा विकास गर्न हामी दृढसंकल्पित छौं । वितेका पाँच वर्षको अवधिमा अनेक चुनौती र कठिनाई हुँदाहुँदै पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रयासहरू निकै उपलब्धीमुलक छन् । विकासको जग कोरिएको छ । अब हामी समृद्धिको यात्रामा अघि बढ्नै पर्दछ । र, यो यात्रालाई गन्तव्यतिर डोराउन पाँच दलीय गठबन्धन मात्रै सक्षम छ भन्ने वितेका पाँच वर्षमा भएगरेका राजनीतिक घटना, परिघटनाले पुष्टि गरिसकेको यहाँहरूले नै अनुभव गर्नुभएको छ । दशकौंसम्म राजनीतिक द्वन्द्व, घातप्रतिघात, छलकपटको दुस्चक्रलाई अब दोहोरिन नदिने संकल्पका साथ हामी दीर्घकालीन र स्पष्ट सोच तथा दृष्टिकोणका साथ समृद्धिको यात्रामा अघि बढ्दैछौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन तपाईंहामी सबैका लागि निर्णायक अवसर हो । नेपाल र नेपाली समाजलाई कस्तो बनाउने ? भन्ने यहाँहरूको अमूल्य मतले नै निर्णय गर्ने छ । हामी कैलाली क्षेत्र नम्बर ५ बाट पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरू यहाँहरूको अमुल्य मत, साथ र समर्थनको लागि बिनम्रतापूर्वक अनुरोध गर्दछौं ।

कैलाली ५ को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका रुपमा आगामी पाँच वर्ष हामी के गर्नेछौ ?

आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा युवा साथीहरू
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मुख्य कार्यभार भनेको देशमा सुशासन, शान्तिसुव्यवस्था तथा समृद्धिका लागि आवश्यक नीति, ऐनकानुन बनाउने र जनमुखी सरकार गठन गर्ने नै हो । नेपाली जनताको सार्वभौमिकता व्यक्त हुने सर्वोच्च थलो संसद (प्रतिनिधि सभा तथा प्रदेश सभा) लाई नेपाली जनताको आवाज, भावना, चाहना र आवश्यकताहरू सम्बोधन हुने अझ सुदृढ संस्थाका रुपमा विकास गर्न हामी प्रतिवद्ध छौं । नेपाली समाजका सबै समुदाय, जातजाती, वर्ग, क्षेत्र, वर्ण, धार्मिक र सांस्कृतिक समुह सबैका लागि सामाजिक न्यायसहितको समृद्धि प्राप्त गर्न तदनुरुपका नीति, ऐनकानुन निर्माणमा हामी स्पष्ट छौं । हामी स्पष्ट छौं– आम जनताको जीवनस्तरमा सुधार भएन, सहज भएन र समृद्धि प्राप्त भएन भने जस्तोसुकै उन्नतभन्दा उन्नत राज्य व्यवस्था पनि सफल हुँदैन । यस क्षेत्रका जनताको चाहना, आवाज र आकांक्षाको सम्बोधनका लागि हामी आगामी पाँच वर्ष यहाँहरूको प्रतिनिधिकका रुपमा संघीय तथा प्रदेश संसदमा अधिकतम रुपमा प्रस्तुत हुनेछौं ।

१. प्रतिनिधि सभा तथा प्रदेश सभाबाट आम जनताको जनजीविका तथा समृद्धिको अधिकारसंग जोडिएका नीति तथा ऐनकानुन निर्माणमा हामी केन्द्रीत हुनेछौं ।

२. कैलाली क्षेत्र नम्बर ५ लाई आर्थिक, शैक्षिक, स्वास्थ्य तथा पर्यटन र खेलकुद केन्द्रका रुपमा विकास गर्न दीर्घकालीन र व्यवस्थित योजना निर्माण गरी तीनै तहका सरकारहरूसंगको अर्थपूर्ण समन्वय तथा सहकार्यमा अघि बढ्नेमा हामी स्पष्ट छौं ।

३. यो क्षेत्रको प्रमुख समस्याका रुपमा अव्यवस्थित शहरीकरण तथा बसोबासका साथै डुबान, अतिक्रमण र नदीकटान रहेको छ । हामी सम्पूर्ण क्षेत्रको एकीकृत दीर्घकालीन योजनामार्फत यस क्षेत्रको योजनावद्ध विकासका लागि कटिवद्ध छौं ।

४.संघीय तथा प्रदेश सरकारका साथै विश्व बैंक, एसियाली बिकास बैक लगायतका दातृ निकायहरूको समन्वयमा पुरै क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको सडक सञ्जाल विस्तार हाम्रो प्राथमिकता हुनेछ ।

५. हामी कैलाली ५ लाई हरित शहरका रुपमा विकास गर्न प्रतिवद्ध छौं । यहाँ रहेको बनजंगलको दीर्घकालीन व्यवस्थापन गर्दै बनलाई यस क्षेत्रका जनताको आर्थिक समृद्धिको आधार बनाउने गरी नीति र कार्यक्रम लागू गरिने छ ।

६. कैलाली ५ का सबै २१ वडामा पाँच वर्षभित्र खानेपानीको सुविधा, विद्युतीकरण, हरेक वडामा नमुना सामुदायिक विद्यालय, क र ख प्रदेशमा प्राविधिक शिक्षालय, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सबै वडामा बालउद्यान र बाल मनोरन्जनस्थल, कम्तिमा पाँच ठाउँमा आधुनिक पार्क, अत्याधुनिक वसपार्क, फोहोरमैला प्रशोधन केन्द्र, सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, प्रत्येक वडामा विशेषज्ञ सेवासहितको स्वास्थ्य केन्द्र, प्रत्येक वडा, सार्वजनिक स्थल, बसपार्र्कमा सार्वजनिक सौचालयका लागि आवश्यक कार्यक्रम, योजना र बजेट व्यवस्थापन गर्ने हाम्रो लक्ष्य हुने छ ।

७. कैलाली ५ मा जग्गाबिहीन दलित, सुकुम्बासी, मुक्त कमैया तथा अव्यवस्थित बसोबासीलाई एक वर्षभित्र जग्गाधनी पुर्जा उपलब्ध गराउन हामी प्रतिवद्ध छौं ।

८. धनगढी उपमहानगरपालिकाका वडा १३, ३, २, ९, १४, १८ र १९ हुँदै बग्ने मोहना नदी, वडा नम्बर १६, १७, ७ र १४ हुँदै बग्ने खुटिया नदी, वडा नम्बर १७ र १६ भएर बग्ने शिवगंगा नदी र कैलारी गाउँपालिका वडा ६ र ९ मा देविगंजदेखि घुराही नदी हँुदै वडा ६ भगतपुरसम्म आगामी पाँच वर्षभित्र तटबन्ध निर्माण गरिने छ ।

९. उर्मा र फूलबारी तथा कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ को केन्द्रमा आगामी तीन वर्षभित्र २५ सैयाको सुविधासम्पन्न अस्पताल निर्माण हाम्रो प्राथमिकता हुने छ ।

१०. नेतुवा ताल, बेहडाबाबा, जाखौरताल, शिवपुरीधाम, कनरी पार्क, धुधुवा ताल र कोइलहीताललाई समेटेर एकीकृत बृहत्तर पर्यटन गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्नेमा हामी कटिवद्ध छौं ।

११. रिङरोड तथा हुलाकी सडक र सहरी सघन सडकहरूको निर्माण पुरा गरिने छ ।

१२. धनगढी उपमहानगरपालिका–३ मा प्रस्तावित अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक टर्मिनलसहितकोे बसपार्क निर्माण र वडा १९ मा बहुउद्देश्यीय कभर्डहल निर्माण हाम्रो प्राथमिकता हुनेछ ।

१३. यस क्षेत्रका कृषियोग्य जमिनको खण्डिकरण हुन नदिने नीतिसहित आवश्यकताअनुसार कृषि तथा पशुपालन पकेट क्षेत्र विस्तारमा हाम्रो जोड रहने छ ।

१४. धनगढी उपमहानगरपालिका वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापनाका लागि ठोस पहल हुनेछ ।

१५. युवाहरूलाई रोजगारीमा जोड्न संघीय तथा प्रदेश सरकारका साथै स्थानीय सरकारसंग समन्वय गरी युवा स्वरोजगार कोषको अधिकतम उपयोग गर्दै युवा स्वरोजगार सिर्जनामा हामी अनुर्जनदृष्टिसहित प्रतिवद्ध छौं ।

१६ लागू पदार्थ दुव्र्यसनमा परेका युवा तथा बालबालिकालाई कुलतबाट जोगाउँदै योग्य र कर्मठ नागरिकका रुपमा रुपान्तरण गर्न पुनस्र्थापना केन्द्र विस्तार गरिने छ ।

१७. दलित अल्पसंख्यक, विपन्न समुदायको आर्थिक सुधारका लागि ठोस नीति र कार्यक्रम बनाइने छ ।

१८. फूलबारी २५ घरदेखि राजीपुरसम्मको सडक स्तरोन्नती सहित कालोपत्रे गरिने छ । बेनौलीदेखि गदरिया वडा नम्बर ९ जाने सडकमा पक्की पुल, हसुलियादेखि मसुरिया सम्मको सडकको स्तरोन्नती, सुर्मीदेखि बनकट्टा सडकको झलारीमा पुल, बेनौली सडकको उर्मीदेखि सिमरानासम्मको सडक स्तरोन्नती, कोहिली स्कुलदेखि बनकन्दरी हुँदै वडा नम्बर ८ जोडने सडक निर्माण, घुराहा र घुरही कोहिलयी नदीमा पुल, २५ घर बसपार्कदेखि टाउन सम्म ढल निकास सहितको सडक कालोपत्रे, वडा नम्बर १९ को रिङरोडको स्तरोन्नती सहित कालोपत्रे, डमौलिया गाउँ जाने शिवगंगा नदीमा पक्की पुल, बेडाबाबादेखि डमैलिया जाने सुरीनालामा पक्कीपुल निर्माण हाम्रा प्राथमिकता हुनेछन् ।

१९. धनगढी उपमहानगरपालिका वडा नम्बर २ को फोहरमैला प्रशोधन केन्द्र, वडा ७ को प्रस्तावित ल्याण्डफिल साइटको डिपिआर अनुसारको कार्य अगाडी बढाउने र वडा १४, १८ र १९ ल्याण्डपुलिङ योजना लागू गरिने छ ।

२०. प्रदेशसभामा युवामैत्री नीति वातावरण संरक्षण नीति, रोजगार नीति जस्ता नीति बनाउन पहल गर्ने र भएका ऐन तथा नीतिहरु प्रभावकारी कार्यान्वयनका लागि संसदमा सशक्त भूमिका खेल्नेछौं ।

२१. युवाहरुका लागि स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न निजी साझेदारी र सरकारी समन्वयमा गर्न आवश्यक पहल गर्नेछौं । त्यसका लागि व्यवसायिक संस्था र स्थानीय निकायहरुमा बिजनेश इन्फरमेशन सेन्टर, हुमन रिसोर्स बैंकको अवधारणा विकास गर्नेछौं ।

२२. यस क्षेत्रका युवाहरुलाई आवश्यक पर्ने खेलहरुका लागि मैदान तथा अन्य पूर्वाधारहरुको विकास गर्नेछौं ।

आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाई तथा युवा साथीहरू
यी हामीले आगामी पाँच वर्षभित्र अनिवार्य रुपमा पुरा गर्ने केही प्रमुख योजना र कार्यक्रम हुन् । प्रमुख सवाल भनेको यहाँका जनताको सुखशान्ति तथा समृद्धिको नै हो । हामीले धेरै वर्ष र दशक अनेकौ झण्झटमा गुमाइसकेका छौं । अब हामीलाई समय गुमाउने छुट छैन । हामी यहाँहरूको अमूल्य मत, साथ र समर्थनको लागि यहाँहरूका अघि याचना गरिरहँदा एउटै कुरा भन्न चाहन्छौं– हामी यहाँहरूको मत खेर जान दिने छैनौ । हाम्रा कार्य र व्यवहारले यहाँहरूको शीर निहुरिन दिने छैनौ । यस क्षेत्रका आम जनताको सम्मान र समृद्धिलाई एकलव्य भावका साथ लक्ष्य बनाएर हामी यहाँहरू सामु आएका छौं । र, यहाँहरूले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरू प्रतिनिधि सभा सदस्यमा डिल्लीराज पन्त तथा प्रदेश सभा सदस्य (क) मा रमेश धामी र प्रदेश सभा सदस्य (ख) मा प्रकाश बहादुर देउवालाई अमुल्य मत सहित विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं ।

धन्यवाद
जय नेपाल, अभिवादन, नमस्कार ।

विनित
लोकतान्त्रिक बाम गठबन्धन दल
संयुक्त चुनाव प्रचार प्रसार समिति
कैलाली–५

  • घोषणापत्र
मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
खैरो हेरोइनसहित एक युवक पक्राउ
एक नाल भरुवा बन्दुक बरामद
जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
देवानगञ्ज घटना : मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

खैरो हेरोइनसहित एक युवक पक्राउ

एक नाल भरुवा बन्दुक बरामद

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

खैरो हेरोइनसहित एक युवक पक्राउ

एक नाल भरुवा बन्दुक बरामद

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ४ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

  • ४.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    चुरेको वार्षिक उपलब्धि सार्वजनिक : २१६ योजना

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.