धनगढी । कैलालीमा जुवातास खेलिरहेको अबस्थामा ६ जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी ४ स्थित डेरा
गरी बस्ने एक जनाको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कोठामाजुवातास खेलाई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट
रु.२०,१४० र ३ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।















