• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १४ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २३ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ६. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ७. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा, कैलाली–बर्दिया आवतजावत सहज हुँदै

  •   सोमबार, चैत ३०, २०८२ मा प्रकाशित

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी घाटमा पुल निर्माण अन्तिम चरणमा पुगेको छ।

विक्रम संवत् २०८३ असोज १७ गतेसम्म पुल निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र निर्माण कम्पनीबीच सम्झौता भएको भए पनि निर्धारित समयअगावै काम सक्ने लक्ष्यका साथ निर्माण भइरहेको निर्माण कम्पनीका इञ्जिनियर धिरेन्द्र सहनीले जानकारी दिए। “विसं २०७९ पुसमा सम्झौता भएर सर्वेक्षणपछि २०८० मा निर्माण सुरु गरेका हौँ,” उनले भने, “असोजसम्म म्याद भए पनि असार अन्त्यसम्म काम सकेर सरकारलाई बुझाउने गरी काम भइरहेको छ। सम्झौता मितिभन्दा अगावै काम सकिन्छ।”

चौध पिलर रहेको पुलका सबै पिलर निर्माण भइसकेका छन् भने हाल १२औँ स्पानमा काम भइरहेको छ। अबको १५ दिनभित्र उक्त काम सम्पन्न गरी १३औँ स्पानको काम सुरु गर्ने तयारी छ। साथै, कैलालीतर्फ तटबन्ध निर्माणको काम पनि सँगसँगै भइरहेको छ।

पुल निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीयले आंशिक रूपमा पुल र आंशिक रूपमा नदीको बाटो प्रयोग गरेर वारपार गर्न थालेका छन्। नदीको पानी ‘डाइभर्सन’ गरिएकाले पहिलेजस्तो डुङ्गाको सहायतामा नदी पार गर्नुपर्ने बाध्यता हट्दै गएको छ। टीकापुरका भरत विकले आफ्नै सवारीसाधन प्रयोग गरेर नदी वारपार गर्न पाउँदा सहज भएको बताए। “रकम तिरेर डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता थियो, अब हटेको छ,” उनले भने, “पुल निर्माण सम्पन्न भएपछि कैलाली र बर्दियाका नागरिकलाई धेरै राहत हुनेछ।”

अर्का स्थानीय जनकबहादुर विष्टले पनि पुल निर्माण अन्तिम चरणमा पुगेपछि आवतजावत सहज भएको बताए। “हामीमध्ये धेरैको खेतीपाती बर्दियामा छ, नियमित आवतजावत गर्नुपर्छ,” उनले भने, “पहिले निकै कठिनाइ थियो, अब सहज रूपमा वारिपारि गर्न पाइने भएको छ।”

कैलालीका बासिन्दाको खेतीपाती बर्दियामा रहेको छ भने बर्दियाका नागरिक किनमेल र उपचारका लागि टीकापुर जाने गर्छन्। स्थानीय झपट कडायतका अनुसार पुलले दुई जिल्ला मात्र नभई सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई समेत जोड्ने भएकाले यसको महत्त्व अझ बढेको छ। “डुङ्गाबाट यात्रा गर्न डर लाग्ने भएकाले सत्ती पुल हुँदै घुमेर आउनुपर्थ्यो,” उनले भने, “अब बर्दिया आउजाउ गर्दा करिब २० किलोमिटर दूरी घट्नेछ।”

बर्दियाको गेरुवा गाउँपालिका–१ सर्खोलका करण चौधरीले पनि अहिले आवतजावत निकै सहज भएको बताए। “पहिले एकतर्फी यात्रा गर्न डेढ–दुई घण्टा लाग्थ्यो, अहिले एक घण्टामै दुवैतर्फको यात्रा गर्न सकिन्छ,” उनले भने, “पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि अझ सहज हुनेछ।”

रु एक अर्ब १८ करोड लागतमा निर्माण भइरहेको पुलको लम्बाइ ७५२ मिटर र चौडाइ ११ मिटर रहेको छ। यसमध्ये ७।५ मिटर सवारीसाधनका लागि र बाँकी दुवैतर्फ पैदल यात्रुका लागि फुटपाथ रहनेछ।

निर्माण कम्पनीले २०७९ पुस १७ गते सम्झौता गर्दै २०८३ असोज १७ भित्र काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो। सम्झौताअनुसार पुलसँगै दुवैतर्फ ५०० मिटर पहुँच मार्ग र करिब एक हजार १५ मिटर नदी नियन्त्रणको काम पनि भइरहेको छ।

यसअघि यी दुई जिल्लाका बासिन्दाले चिसापानीस्थित कर्णाली पुल र हुलाकी राजमार्गअन्तर्गत सत्तीघाट पुल प्रयोग गर्दै आएका थिए। सनकट्टी घाटको पुल निर्माण सम्पन्न भएपछि कर्णाली नदीमा कैलाली–बर्दिया जोड्ने पुलको संख्या तीन पुग्नेछ। २०५० सालमा चिसापानीमा निर्माण भएको पुल र २०७३ सालमा टीकापुर–राजापुर जोड्ने सत्तीघाट पुल हाल सञ्चालनमा छन्।

पुल निर्माण अन्तिम चरणमा पुगेसँगै स्थानीयवासीले छिट्टै पूर्ण सञ्चालनमा ल्याएर वर्षायामअघि नै सवारी आवतजावत सहज बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।रासस

सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु
डोटीमा एक नाल भरुवा बन्दुक बरामद
कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ
भन्सार छलीका सामानसहित तीन भारतीय नागरिक पक्राउ
खुकुरी देखाएर किशोरमाथि कुटपिट, पाँच जना पक्राउ
नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

समाचार

सबै

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

भन्सार छलीका सामानसहित तीन भारतीय नागरिक पक्राउ

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

भन्सार छलीका सामानसहित तीन भारतीय नागरिक पक्राउ

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १४ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २३ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ६.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.