काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्।
प्रधानमन्त्री बालेन शाहनिकट उनी सोमबार बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदित भएका हुन् ।
भूपदेव यसअघि बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा सचिवालयमा कार्यरत थिए।
गत फागुन २१ गतेको निर्वाचनमा भूपदेव अछाम- २ बाट पराजित भएका थिए।



















