• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १६ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ६. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ७. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

"पीडित भन्छन्- ‘हाम्रा लागि यो सिंहदरबार हो’ "
  •   मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित

नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन् ।

प्रचण्डले मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा प्रभावित परिवारलाई घरको चाबी हस्तान्तरण गरेका हुन् । दुई कोठा र शौचालयसहितका ती आवास वाईसीएल नेपालको पहलमा निर्माण गरिएका हुन् ।

‘भोटेकोशी बाढी विकासको मोडलको असर हो’

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले रसुवाको भोटेकोशीमा आएको प्रलयकारी बाढी र त्यसले पुर्‍याएको अकल्पनीय क्षति प्राकृतिक विपत्तिको परिणाम मात्र नभएको बताए । उनले विकसित भनिने मुलुकहरूले अपनाएको विकासको गलत मोडलको असर नेपालले भोग्नुपरेको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले कार्बन उत्सर्जनमा नेपालको भूमिका नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेको उल्लेख गरे। आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभामा तथा राष्ट्रसंघका महासचिवसँगको भेटमा जलवायु न्यायको विषय उठाएको उनले स्मरण गरे ।

प्रचण्डले रसुवा-भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आफू पुगेको र आफ्नै उपस्थितिमा प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको स्मरण गर्दै भवन निर्माणमा खटिएको वाईसीएललाई धन्यवाद दिए ।

‘हाम्रा लागि यो सिंहदरबार हो’

घर पाएपछि प्रभावित परिवारले आफ्ना लागि यी आवास केवल अस्थायी घर नभई सुरक्षित जीवनको आधार बनेको बताएका छन्। दुःखको समयमा वाईसीएल सहयोगी बनेर आएको भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्।

बेलकोटगढी नगरपालिका-७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले बाढीले आफ्नो घर आधा पुरेको बताए।

‘मेरो घर बाढीले आधा पुर्‍यो। वाईसीएलले घर बनाइदियो। मेरा लागि यो सिंहदरबार हो,’ उनले भने ।

बेलकोटगढी-७ कै प्रदीप राईले यस वर्षको दसैं वाईसीएलले बनाइदिएको घरमा मनाउन पाउने बताए । घर निर्माणले आफूहरूलाई बाँच्न र नयाँ जीवन सुरु गर्न प्रेरित गरेको उनको भनाइ छ ।

स्थानीय शम्भु सिग्देलले वाईसीएलले आफ्नो गाउँलाई ठूलो गुन लगाएको बताए।

यसरी बने घर

वाईसीएल नेपालका अध्यक्ष पुष्प वलीले बाढीपहिरोबाट प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण अभियान सञ्चालन गरिएको बताए ।

वाईसीएलका प्रचार विभाग प्रमुख धिरज उपरकोटीका अनुसार निर्माण गरिएका अस्थायी आवास दुई कोठा र शौचालयसहितका छन् । एउटा आवास निर्माणमा अनुमानित चार लाख रुपैयाँ खर्च भएको उनले बताए ।

वाईसीएलका उपाध्यक्ष हरि ढकालका अनुसार दाताहरूबाट प्राप्त निर्माण सामग्री तथा प्राविधिक सहयोगमा ती संरचना निर्माण गरिएका हुन् ।

आवास निर्माण, सरसफाइ, उद्धार, राहत तथा पुनर्निर्माणका काममा वाईसीएलका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएका थिए।

यी हुन् घर पाउने परिवार

वाईसीएलले घर निर्माण गरी हस्तान्तरण गरेका परिवारमा मोतिराम राई, सुरेन्द्र नेपाल, श्रीकृष्ण नेपाल, गोपी अधिकारी, लोकनाथ नेपाल, रमेश राई, प्रदीप राई, मीना राई, सोमप्रसाद राई, शिवराम नेपाल, हरिहर नेपाल, रामकुमार मगर, नरेश नेपाल, सरिता नेपाल, मुक्तिराम नेपाल, कोमलप्रसाद नेपाल, टीकाराम नेपाल, लालप्रसाद नेपाल, डण्डपानी घिमिरे र बुद्धलाल चित्रकार रहेका छन्।

राहतदेखि उद्धार र पुनःस्थापनासम्म

वाईसीएलले आवास निर्माणसँगै बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार, सरसफाइ तथा पुनःस्थापनाका कामसमेत सञ्चालन गरेको जनाएको छ। संगठनका कार्यकर्ता बाढीपछि निरन्तर प्रभावित क्षेत्रमा खटिएका छन् ।

वाइसिएलका अध्यक्ष पुष्प वलीद्वारा जारी विज्ञप्ति अनुसार प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, औषधि, लत्ताकपडा, सोलार लाइट तथा मोबाइललगायत अत्यावश्यक सामग्री वितरण गरिएको छ। प्रभावित नागरिकको उपचारमा सहयोग पुर्‍याउन ११ जनाको सहभागितामा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।

काठमाडौंमा रहेका प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा तथा औषधोपचारमा सहयोग गरिएको र करिब १०० परिवारलाई खाना पकाउने ग्यास तथा खाद्यान्न उपलब्ध गराउने प्रयास गरिएको वाईसीएलले जनाएको छ ।

वाईसीएलको विज्ञप्तिअनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका कामका लागि देशभर १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ।

संगठनले प्रभावित परिवारलाई राहत उपलब्ध गराउने, सुरक्षित आवास निर्माण गर्ने र उनीहरूलाई सामान्य जनजीवनमा फर्काउन सहयोग गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।

मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु
डोटीमा एक नाल भरुवा बन्दुक बरामद
कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ
भन्सार छलीका सामानसहित तीन भारतीय नागरिक पक्राउ
खुकुरी देखाएर किशोरमाथि कुटपिट, पाँच जना पक्राउ
नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

समाचार

सबै

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

डोटीमा एक नाल भरुवा बन्दुक बरामद

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १६ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २४ घण्टा 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ६.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.