धनगढी । बाजुरामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।
जिल्लाको गौमुल गाउँपालिका–६ बस्ने २८ वर्षीय पदम लुहारको भीरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार सोही ठाउँको बामनी जङ्गलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



















