धनगढी । अछाममा ३० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ का ५८ वर्षीय राजन फुयाँल शर्मा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
शर्माले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













