धनगढी । कैलालीमा आगलागीबाट एकजनाको मृत्यु भएको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखड बजारस्थित बिवेक रेस्टुरेण्ट एण्ड लजमा लामखुट्टे भगाउन बालेको अण्डाको क्रेटबाट आगलागी हुँदा सोही होटेलमा काम गर्ने डडेल्धुराको आलिताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहराको जलेर गएराति मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



















