धनगढी । डडेल्धुरामा एक घरमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन ।
जिल्लाको आलिताल गाउँपालिका-६ मकवानपुर बस्ने खडकसिहं धामीको ढुङगा माटोले बनेको खरले छाएको कच्ची घरमा आगलागी भएको हो ।
सीता पाइला सामुदायिक बनमा लागेको आगोबाट हावाहुरीका कारण धामीको घरमा आगलागी हुँदा खाद्यान्न, भाँडा वर्तन, काठ लगायतका सामानहरू गरी अन्दाजी रु.१ लाख ४३ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको, उक्त आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको जनाइएको छ ।













