धनगढी । कैलालीमा प्रहरीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा १६९ जना पक्राउ परेका छन्। उनीहरुलाई प्रहरीले विभिन्न अभियोगमा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार लागुऔषध प्रयोगमा संलग्न ३९ जना तथा लागुऔषसहित २३ जनालाई नियन्त्रणमा लिइएको छ।
उनीहरूको साथबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर, १ ग्राम ३०० मिलिग्राम चरेश, नाइट्राजेपाम १७७ ट्याब्लेट, ट्रामाडोल २०० पिस र १७ ग्राम गाँजा बरामद गरिएको उनले जानकारी दिए ।
त्यसैगरी, विभिन्न मुद्धाका १० जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जनाइएको छ । सोही क्रममा चोरीमा संलग्न ४ जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यसैगरी सोधपुछका लागि ९३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



















