धनगढी । कैलालीमा एक कच्ची गोठमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको छ । जिल्लाको कैलारी गाउँपालिका–८ पूर्व टेडी बस्ने सर्वण चौधरीको काठले बनेको दुई तले दुई कोठे कच्ची गोठमा गएराति आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट एउटा राँगाको जलेर मृत्यु भएको तथा गोठ पूर्ण रुपमा जलेर अन्दाजी मुल्य रु ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।



















