धनगढी । कञ्चनपुरमा अटोबाट खसेर एक वृद्धको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ गर्जमनिस्थित भित्र सडकखण्डमा सुदूरपश्चिम प्रदेश ०१–००२ स ०१६८ नम्वरको अटोबाट खसेर सोही ठाउँका ८५ वर्षीय रामदत्त पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।
अटोबाट खसेर गम्भीर घाइते भएका पन्तलाई उपचारको लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
अटो र अटो चालक शुक्लाफाँटा नगरपालिका–५ खजुवा बस्ने २८ वर्षीय नरेन्द्र जोशीलाई नियन्त्रण लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



















