धनगढी । कैलालीमा एक गोठमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१९ टाउन प्लान बस्ने जयलक्ष्मी शर्माको गोठमा सोमबार बेलुका आगलागी भएको हो।
आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर अन्दाजी २ दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको जनाएको छ।













