धनगढी । कैलालीबाट प्रहरीले अवैध भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।
मंगलबार जिल्लाको धनगढी उपमहानगरपालिका-३ सिसा पोष्ट र टीकापुर नगरपालिका-६ वाणीपुलबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य रु.१ लाख ४३ हजार ३ सय बराबरका सामान नियन्त्रणमा लिएको हो ।
उक्त मूल्यका कुर्ती सेट, धोती, साडी, सुटपिस, पेठा, चप्पल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।













