धनगढी । बाजुरामा भीरबाट खसेको ढुङ्गा लाग्दा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बुढीगंगा नगरपालिका-३ गुईगाडस्थित सोही ठाउँ ताप्रा बस्ने ३७ वर्षीया कल्पनादेवी थापाको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सोही नगरपालिकाको वडा नं ६ फालासैन बजारबाट घर फर्किने क्रममा भीर माथिबाट खसेको ढुङ्गा थापालाई लाग्दा पैदल बाटोबाट अन्दाजी ५० मिटर तल सडकमा खस्न गई घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



















