धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को परामर्श बैठक,अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम आजदेखि धनगढीमा हुँदैछ ।
दुई दिनसम्म सञ्चालन हुने परामर्श बैठक,अन्तरक्रिया र प्रशिक्षण कार्यक्रममा सहभागी हुन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनगढी आउने भएका छन ।
त्यस्तै, कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपाल,नेताहरु नारायणकाजी श्रेष्ठ,भीम रावल,रञ्जिता श्रेष्ठलगायतको उपस्थिति रहने नेकपाले जनाएको छ ।
कार्यक्रमको पहिलो दिन आज (बिहीबार) प्रदेशमा कार्यरत पार्टीका केन्द्रीय सदस्यहरुका बीच परामर्श बैठक तथा अन्तरक्रिया कार्यक्रम गरिने नेकपाका सुदूरपश्चिम प्रदेश सहइन्चार्ज खगराज भट्टले जानकारी दिए ।
त्यस्तै, भोलि जेठ ८ गते पार्टीका प्रदेश समिति सदस्यसम्मको उपस्थितिमा परामर्श अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम गरिने उनले बताए ।



















