धनगढी । कैलालीबाट अवैध लागुऔषध खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन ।
जिल्लाको धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय अंकित धामीसहित ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



















