धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा सिमपानी रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
युवा व्यवसायी खेमराज भट्टले परम्परागत र आधुनिक स्वादको सिमपानी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
रेष्टुरेन्टको शनिबार सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री भट्टले व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे । उनले भने ‘युवाहरु व्यवसायमा जोडिनु सकरात्मक पक्ष हो । आफ्नै देशमा केही गर्छु भन्ने चाहाना राखेर व्यवसायमा लाग्नु राम्रो कुरा हो ।’
रेष्टुरेन्टका सञ्चालक खेमराज भट्टले करिब ४० लाख लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइको बताए । उनले रेष्टुरेन्टमा स्थानीय पहाडी खानालगायतका स्वादयुक्त खाना पाइने बताए ।
त्यस्तै उनले भेज बुफ्रेट रु १५० र ननभेज बुफ्रेट रु ५५० मा उपलब्ध हुने बताउँदै ग्राहले आफ्नो चाहाना अनुसार थपीथपी खान पाउने बताए । यो धनगढीका लागि पहिलो भएको उनको भनाइ छ ।
त्यस्तै,रेष्टुरेन्टमा बाहुबली थाली,सेकुवा,तन्दुरी लगायतका परिकार पाइने उनको भनाइ छ । उनका अनुसार हाल रेष्टुरेन्टमा आठ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ६ वर्ष कोरियामा बसेर आएका सञ्चालक भट्ट आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उदेश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए ।




















