काठमाडौँ- पानी तातो गर्ने र त्यसलाई प्लास्टिकको एउटा भाँडोमा हाल्ने । त्यसमा काउस्टिक सोडा हाल्ने । यसमा झन्डै एक चम्चाजति डिटर्जेन्ट हाल्ने र घोल्ने । सावधानी स् हातले नघोल्नुस् । कुनै चिम्टा वा लौरोले यसलाई घोल्नुस् । किनकि, सीधै हातले छुँदा तपाईंको छालामा काउस्टिक सोडाले क्षति पुर्याउन सक्छ ।
त्य0स्तै, बच्चाले देख्ने वा छुने ठाउँमा काउस्टिक सोडा कहिल्यै नराख्नुस् । काउस्टिक सोडा, जसलाई सोडियम हाइड्रोक्साइड पनि भनिन्छ, यस्तो केमिकल हो, जसलाई साबुन निर्माताहरूले प्रयोग गर्छन् ।
कपडा हाल्नुस् स् यसरी पानी, काउस्टिक सोडा र डिटर्जेन्टलाई घोलिसकेपछि यसमा कपडा हाल्नुस् र एक वा दुई घन्टासम्म राख्नुस् । यसो गर्दा पानी निकै फोहोर बन्छ, तर माथि कपडा सफा हुँदै आउँछ ।
यसपछि कपडालाई मुंग्रोले कुट्दा पनि हुन्छ वा कुनै ढुंगामा चुट्दा पनि हुन्छ, वा यसलाई वासिङ मेसिनमा हाल्दा पनि हुन्छ । धेरै दिनदेखि फोहोर अवस्थामा रहेका तौलियालगायत कडा कपडालाई एक रातसम्म पनि राख्दा हुन्छ । सेतो कपडामा लागेको दाग धब्बा हटाउनका लागि यो एकदमै राम्रो उपाय हो ।













